27 February 2008

हामी सबै जना मिलेर माया बाटौं


एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ
-Prashant Tamang, Indian Idol-III 2007 winner


Prashant Tamang during the interview with USNepalOnline.Com
Photos: Pemba G. Sherpa

ईण्डियन आडल प्रशान्‍त तामाङसँगको अन्तर्बातां न्यूयोर्कमा भएको प्रशान्‍त तामाङ सांगितिक साँझको सुरुवात अघि ज्‍याकोभ जवित्स सेन्‍टरमा प्रधान सम्पादक प्रदीप थापा मगरले लिनु भएको हो।

आजकोआवाज.कम: ईण्डियन आडल जिते पछि कस्तो अनुभब गर्नु भयो?
प्रशान्‍त तामाङ: मलाइ यो जित्‍नु अघी नै राम्रो लागिरहेको थियो। हाम्रो मान्छेहरुबाट धेरै सहयोग र हौशला पाएको थिएँ। जिते पछि त सोच्नै नसक्ने, एक दमै राम्रो भयो।

आजकोआवाज.कम: भबिश्यमा गायन र पुलिस पेशामा कुन चाँही अप्नाउनु हुन्छ?
प्रशान्‍त तामाङ: पुलिस अफिसरहरुले धेरै सहयोग गरे र गर्दै छन्‌ र म पुलिस सेवा गरी रहने छु।

आजकोआवाज.कम: यो जित पछि पुलिस सर्भिसमा प्रोमोसन हुन्छकी?
प्रशान्‍त तामाङ: मेरो पद सिपाही हो। मैले सोंचेको पनि छैन कि मेरो प्रोमोसन हुन्छ कि भन्ने।


Editor-in-Chief and Prashant in pre-concert interview.

आजकोआवाज.कम: तपाईं भारतीय कि भारतीय नेपाली?
प्रशान्‍त तामाङ: म एउटा सिम्पल मान्छे हो। एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ। ईन्डिया मै जन्में तर आज यो जित पछि सारा नेपाली एक भएको देख्दा एक्दमै गर्ब लागेको छ।

आजकोआवाज.कम: तपाईंको पुर्ख्यौली नेपालमा कता हो?
प्रशान्‍त तामाङ: पुर्खाको त मलाई थाहा भएन तर नेपालमा हाम्रो घरको मान्छेहरु छन्‌। भोटेभहालमा सुनिता नानाहरु हुनुहुन्छ। हामी उहाँलाई कान्छी बडी भनेर बोलाउँछौं।

आजकोआवाज.कम: तपाईंको तामाङ थर के हो?
प्रशान्‍त तामाङ: म सिङ्‍गर तामाङ हो।

आजकोआवाज.कम: विश्व भ्रमणको क्रममा नेपालीहरुबाट कस्तो स्वागत पाउनु भयो?
प्रशान्‍त तामाङ: नेपाल, हङकङ, अमेरिका म जहाँ गये पनि सबै नेपालीहरुले धेरै माया गरे, खुशी छन्‌ र हौशला दिइ रहेका छन्‌।

आजकोआवाज.कम: भारतीय राष्ट्र गानका संगीतकार नेपाली नै थिए, अरु पनि नेपालीहरुको योग्दान भारतीय भुमीमा ठुलो छ। यो बिषयमा जानकारी छ कि?
प्रशान्‍त तामाङ: मलाई यो बिषयमा केही पनि जानकारी थिएन अहिलेसम्म।

भारतीय ईतिहास मा नेपालीहरुको योग्दानको चर्चा पढ्न यहाँ क्लिक गर्नुहोस्
Indian Idol Prashant Tamang & Other Nepalese Indian Heroes Who Made us Proud



आजकोआवाज.कम: नेपालीहरुले गरेको भौतिक र नैतीक सहयोगको बदलामा आफ्नो तर्फबाट के गर्ने बिचार छ?
प्रशान्‍त तामाङ: अहिले म वहाँहरुलाई धन्यवाद शब्द बाहेक केही दिन सक्दिन। सबैले सहयोग गरे। म अहिले रिणमा डुबेको जस्तो भएको छु। कसरी "रिपे" गर्ने भई राखेको छ। तर तेसै भएर मेरो एल्बम को नाम मैले "धन्यबाद" राखेको छु। म नेपालीको नाम अझै माथि जावोस भन्ने चाहन्छु।

आजकोआवाज.कम: नेपालीमा गीत गाउनु हुन्छ होला नि?
प्रशान्‍त तामाङ: अब नेपालीको छोरो नेपालीको गीत गाएन भने त भएन नि, नेपाली गीत गाउनै पर्‍यो।


Administrative Director & Photographer Pemba G. Sherpa with Prashant

आजकोआवाज.कम: विश्व भरका नेपालीहरुलाई के भन्न चाहनु हुन्छ?
प्रशान्‍त तामाङ: म यति मात्रै भन्न चाहन्छु कि संसार भरी छरिएर बसेका नेपालीहरुले जसरी मलाई सहयोग र माया दिनु भयो एसरी नै हामी सबै जना मिलेर सबैले माया बाटौं। यसरी नै हामी अगाडि बढ्‍नु पर्छ। मान्छेहरुले हामीलाई चिन्दै छन्‌, हामी अगाडि बढ्‍दैछौं। यसरी नै एकता भयो भने माथि जान सकिन्छ।
तपाईंहरुले मलाई एकता र माया जसरी गर्नु भयो त्यो एकता कायमै राखौं। म त एक सुरुवात मात्र हो, सिंढी मात्रै हो। अझ हाम्रा नेपाली दाजुभाइ दिदिबहिनीहरु कति अगाडि आउनु हुन्छ, उहाँहरुको लागि एउटा यसरी नै एकता देखायौं भने अझ सफलता हाँसिल गर्न सकिन्छ।


Senior Copy Editor Margaret Carne Thapa and Editor-in-Chief Pradeep Thapa Magar with Prashant Tamang after the interview.

http://www.usnepalonline.com/interview_prashant_tamang_nyc_07.htm

No comments: