6 November 2007

नेपाली टोपी र खादा पहिराएर मुख्यमन्त्री चामलिङले इण्डियन आइडल प्रशान्तलाई भव्य अभिनन्दन जनाए

गान्तोकमा जाडो भए तापनि हजारौं दर्शकले प्रशान्त र चारुको गीत सुनेर मक्ख परे तथा तीन घण्टासम्म आनन्दले झुमिउठे, प्रायः 40 हजार दर्शकले एकैसाथै अभिवादन गरे

गान्तोकः 6 नोभेम्बर-अन्ततः इण्डियन आइडल बनेका प्रशान्त तामाङ र प्रतियोगी चारुलत्ता सेमिवाल गान्तोकको पाल्जर स्टडियममा आएर आफ्नो प्रस्तुति पेश गरे तथा दर्शकहरूको फेरि पनि प्रशंसा बटुले।सिमसिम पानी परिरहेको भए तापनि अनि केही मिडियाहरूमा कुपन किनेर हेर्नुपर्ने बाध्यतामा दर्शकहरू बेखुशी भएको खबर आए तापनि सिमसिमे पानी परिरहेको बेला हजारौं दर्शकहरू पाल्जर स्टडियममा ओइरिएका थिए तथा आफ्ना प्रिय इण्डियन आइडलको एक झलक प्राप्त गर्नलाई लालायित भएका थिए। मञ्चमा आमन्त्रित भइसकेपछि मुख्यमन्त्री पवन चामलिङले प्रशान्त तामाङलाई नेपाली टोपी र खादा पहिराएर सबैभन्दा पहिला अभिनन्दन टक्राए भने त्यसरी नै चारुलत्ता सेमिवाललाई पनि खादा पहिराएर अभिनन्दन जनाए।त्यसपछि प्रशान्तको नयाँ गीति एल्बम धन्यवादको मुख्यमन्त्रीले लोकार्पण गरे। हजारौं दर्शकको अभिवादन ग्रहण गर्दै प्रशान्त तामाङले सिक्किमको दर्शकहरूको अथाह माया पाएर इण्डियन आइडलको यात्रामा सफल बनेको कुरो जनाए अनि आज आफू प्रत्यक्षरुपमा मञ्चमा आएर दर्शकहरूको माझमा खडा हुनु पाउँदा उनी अति खुशी बनेको कुरा जनाए।उनले गोर्खालीको छोरा हुँ म, गोर्खै मेरो नाम, असारे महिनामा पानी है प-यो रिमि र झिमी भन्ने नेपाली गीत तथा हिन्दी गीतहरू गाएऱ दर्शकहरूलाई मक्ख पारेका थिए।यसरी नै चारुले पनि सिक्किमको दर्शकहरूबाट भारी मात्रामा यसरी माया पाएको जनाउँदै हिन्दी गीतहरू गाइन्।फेरि दुवैले युगल गीतहरू पनि गाए। नाम्चीमा पनि यस्तै कार्यक्रमको आयोजना 6 नोभेम्बरको दिन आयोजन गरिएको छ।


http://www.himgirinepali.com/

No comments: