21 June 2007

Indian Idol -3 News update (इण्डियन आईडल - ३)

एचकेनेपाल डट कम, जुन २०- आगामी शुक्रवार या शनिवार प्रशान्त तामाङको प्रस्तुती र परिणाम कस्तो रहने होला? हङकङ र नेपालबाट भोट हाल्न पाउने व्यवस्था छैन। युके र युइएलगायतका देशमा रहेका नेपालीले भोट हालेर प्रशान्तलाई सहयोग गर्न सक्छन्। भोट हाल्न नपाउनेले शुभकामना र जितुन् भनेर प्रार्थना गरौं बस्..।
एचकेनेपाल डट कम, जुन १६- इण्डियन आईडल - ३ बाट बाहिरिएका १८ जना प्रतियोगीहरुलाई पुनः फिर्ता बोलाए। ती मध्ये ७ जनाको प्रवेश।
एचकेनेपाल डट कम, जुन १०- अत्याधिक भोटको आधारमा प्रशान्त तामाङ पुरूषतर्फ Top Five मा।
Click here to watch Indian Idol Video Playlist
Result Video:
Tough call
Still in the game
Pack your bags!
Scroll down for more videos
एचकेनेपाल डट कम, शनिवार जुन ९- प्रशान्त शुक्रबारको इपिस्योडमा बटम 4 मा पुगेका छन्। प्रशान्त कतै out त हुने होइनन्? उनका समर्थकमात्र होइनन्, जर्जहरू समेत डराएका छन्।
Videos:
Anu is shocked!
Can`t fight the tears
Judges feel bad
Scroll down for more videos
………………………………………………….
प्रशान्त तामाङ इण्डियन आइडलको होडमा (Indian Idol)
एचकेनेपाल डट कम जुन ८-
दार्जिलिङका नेपाली प्रशान्त तामाङ यतिबेला इण्डियन आइडलको होडमा सहभागी छन्। यतिबेला दार्जिलिङबासी नेपाली गायक तामाङलाई इण्डियन आइडलमा विजयी बनाउंन मोर्चा नै कसेका छन्। भारतीय पुलिस फोर्स पनि आफ्ना जवान तामाङलाई जिताउंन कम्मर कसेका छन्।तामाङका बुबा भारतीय पुलिसमा कार्यरत रहंदा मृत्यु भएपछि आफ्ना स्वर्गिय बुबाको ठाउंमा उनी भारतीय पुलिसमा प्रवेश गरेका हुन्। उनी कलकत्ता पुलिस फोर्समा सिपोईका रुपमा कार्यरत छन्। गायनको कुनै औपचारिक प्रशिक्षण नलिएका तामाङ इन्डियन आइडल प्रतियोगीताको छनोटपछि उनी रातोरात चर्चामा आएका छन्।

दार्जिलिङबासी नेपालीहरुले उनलाई जिताउंन हरेक क्षेत्रबाट प्रचार प्रसार गरी भोट हाल्न आग्रह गरेका छन् भने कलकत्ताका पुलिस फोर्सले पनि उनलाई जिताउंने भरपूर कोशिस गरेका छन्।

२४ वर्षिय प्रशान्तले ठूलो गायक बन्ने सपना बुनेका छन्। तर तपाईहरूको आशिर्वाद बिना सम्भव नरहेको प्रशान्त बताउंछन्।

प्रशान्त तामाङसम्बन्धि Indian Idol का भिडीयो क्लिपहरु हेर्न तलको लिङ्कहरुमा क्लिक गर्नुहोस्।
Sweet and soft Prashant!
Yeh filmi nahi hain
Salute to the sepoy
An unusual singer
Watch more Indian Idol विडोस


No comments: